काठमाडौँ । काठमाडौंमा आज (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइँदै छ।
भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकेका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौँ १४ र चन्द्रागिरीका यी स्थानमा खोप लगाइँदै
काठमाडौँ १४ को वडा कार्यालय र कुलेश्वर आवास क्लिनिक दुई स्थानमा ४० बर्ष उमेर समुहभन्दा माथिका नागरिकहरु, कक्षा १२ का बिद्यार्थीहरु र विश्व बिद्यालय तहका प्रबेशपत्र पाएका बिद्यार्थीहरुलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइने भएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिएकी छिन् ।
यसैगरी, चन्द्रागिरि नगरपालिकाका सबै वडा कार्यालयहरुमा रहेको स्वास्थ्य संस्थाबाट कोभिड विरुद्धका भ्याक्सिन लगाइने भएको नगरपालिकाले सूचना निकालेर जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, “प्रस्तुत सम्बन्धमा यस चन्द्रागिरि नगरपालिकाका सबै वडा कार्यालयहरुमा कोद्धिड १९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा २०७८ साल ५ महिना ४ गते र ५ गते सञ्चालन हुने भएकाले ४० वर्ष वा सो भन्दा माथी, १२ कक्षाका विद्यार्थीहरु र १८ वर्षमाथिका प्लस टु अध्ययन र विश्व विद्यालयका विद्यार्थीहरुका लागि लगाइने भएकाले वृद्धले नागरिकता र विद्यार्थीले आ–आफ्ना प्रवेश पत्र लिएर खोप केन्द्रबाट सेवा लिनुहोला ।”


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
