२ वर्षअघि डिभी परेर अमेरिका गएका यि युवक बाकसमा फर्किए

काठमाडौँ । अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा आज नेपाल आइपुगेको छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागरका अनुसार सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ।

Advertisement

सृजनको शव नेपाल ल्याउनको लागि गोफण्ड मार्फत रकम संकलन गरिएको थियो। अहिलेसम्म गो फण्डबाट २५ हजार डलर सङ्कलन भैसकेको बताइएको छ।

उनी काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि नजिकैको अस्पतालमा पुर्‍याएको थियो । सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल पठाएको थियो । त्यहाँ पनि कुँवरको उपचार सम्भव नभएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

मृत्युपछि गर्नु पर्ने संस्कारका लागि स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवर अमेरिका आउन नेपालस्थित अमेरिकी दूतावासमा भिषाका लागि निवेदन दिएका थिए।

तर अमेरिकी दूतावासबाट भिसा अस्वीकृत गरेकोले आफ्नो प्रिय छोरा सृजनको प्राण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृत्यु संस्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै शव नेपाल पठाइएको प्रबक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका पुगेका थिए। डिभीमार्फत २६ महिना अगाडि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो।

More News last news
Loading...