मकवानपुर । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्रीअष्टलक्ष्मी शाक्यले शपथ लिएकी छिन् ।
मुख्यमन्त्री शाक्यले बुधबार अबेर प्रदेश प्रमुख विष्णु प्रसाईंबाट शपथ लिएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधवार नै पदभार ग्रहण गरेकी छिन् ।
एमाले उपाध्यक्ष शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् ।
बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख प्रसाईंले बुधवार नै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसैबीच मुख्यमन्त्री शाक्यले बुधवार नै दुईमन्त्री पनि नियुक्त गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेकी हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय भने हालका लागि मुख्यमन्त्री शाक्यले आफैं राखेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
