मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडकै लोकप्रिय स्टार किड्समा पर्छिन् । सुहानाको हट र बोल्ट तस्वीरले सामाजिक सञ्जालमा भाइरल हुने ठाउँ पाउँछ । उनको इन्स्टाग्राममा पनि उत्तिकै संख्यामा फलोअर छन्।
सुहानाले बलिउडमा डेब्यू नगरे पनि उनको लोकप्रियता कुनै अभिनेत्रीको भन्दा कम छैन । अब सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्न जाँदैछिन । फिल्म निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा ल्याउन लागेकी हुन् ।
जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि फिल्म बनाउदैछिन् । यो कमिक बुकलाई भारतीय रुपान्तरणको काम भइरहेको छ । फिल्ममा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।
‘फिल्ममा केही साथीको कथा देखाइनेछ । जसका लागि जोयालाई सुहानाका अलावा केही युवा कलाकारको खाँचो छ। उनले बाँकी कलाकारको खोजी गरिरहेकी छन् । यदी सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्यो भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । फिल्म थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ,’ जोया निकट स्रोतले भन्यो।
सुहानाले यसअघि केही सट फिल्ममा काम गरिसकेकी छन् । सुहाना अभिनेत्री बन्नका लागि लण्डनमा पढिरहेकी छन्। शाहरुखका छोरा आर्यन फिल्म निर्माता बन्न चाहन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
