पहिरोले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ।

सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए।

Advertisement

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए।

सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।

आज प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्य र केही भागमा भीषण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण देशका धेरै सडक अवरुद्ध हुनसक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह पनि गरेको छ ।

More News last news
Loading...