भारतमा थपिए ३५ हजार संक्रमित, थप ४४० को ज्यान गयो

काठमाडौँ । भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ ।

Advertisement

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।

यस्तै, मंगलबार विश्वभर ६ लाख ४४ हजार ३८३ जना मानिस कोरोना संक्रमित भएका छन् भने ९ हजार ९०५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

More News last news
Loading...