नेपाल आइडलको डिजिटल अडिसन आजदेखि, कसरी दिने अडिसन ?

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल सिजन ४’ को डिजिटल अडिसन आजदेखि शुरु हुँदैछ। नेपाल आइडलको चौथो संस्करण आजदेखि शुरु हुन लागेको हो।

डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement

कसरी दिने अडिसन ?

अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।

चौथो सिजनमा यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने बताइएको छ। यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए।

‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता बनिसकेका छन्।

More News last news
Loading...