काबुल छाड्न आतुर छन् हजारौँ मानिस, उडिरहेको विमानबाटै खस्न थाले यात्रु (भिडियोसहित)

काबुल । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ।

धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ। केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

Advertisement

उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ। उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन।

अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र उनीहरुका अफगानिस्तान सहकर्मीहरुलाई उद्धार गर्न सेना परिचालन गरेको छ। अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ।

काबुलका सडकहरूमा भने तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने हजारौँको सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्।

६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तान बाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

More News last news
Loading...