धादिङको बैरेनीमा बस र भारतीय ट्रक ठोक्किँदा एक जनाको ज्यान गयो, १२ जना घाइते

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

उनको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा ज्यान गएको हो। यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।

कोभिड १९ को संक्रमण बढेर यातायात चल्न केही कमी भएपनि पछिल्लो एक सातायता देशभर सडक दुर्घटना बढेर गएका छन् ।

More News last news
Loading...