आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

मंगलबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...