बाबुले हानेको गोली लागेर छोराको ज्यान गयो

काठमाडौँ । पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ।

रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो।

Advertisement

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक थिए ।

कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...