नयाँपुस्ताकर्मी मरासिनीलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’

काठमाडौं । नयाँपुस्ताकर्मी पत्रकार गोविन्द मरासिनी ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् ।

नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले उनलाई पुरस्कृत गर्न लागेको हो । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई उक्त पुरस्कार दिन लागिएको अध्यक्ष वैकुण्ठराज पराजुलीले बताए ।

Advertisement

यसमध्ये हाम्रा सहकर्मी मरासिनीले सामाजिक र राजनीतिक पत्रकारितातर्फ पुरस्कार पाउन लागेका छन्। लामो समयदेखि पत्रकारितामा क्रियाशिल स्याङ्जाका मरासिनी हाल नयाँपुस्ता सहित काठमाडौँ प्रेस डटकम अनलाइनमा आबद्ध रहेका छन् ।

उनले सामाजिक र राजनीति बाहेक बिशेषतः गण्डकी प्रदेशको पर्यटन, युवा र मनोरञ्जनका क्षेत्रमा समेत स्वतन्त्र रुपमा कलम चलाउँदै आएका छन्।

उनीसँगै पुरस्कृत हुनेमा चलचित्र पत्रकारितातर्फ रिना मोक्तान (कान्तिपुर), आर्थिक पत्रकारितातर्फ मेनुका कार्की (हाम्रो अर्थ डटकम), खेलकुदतर्फ जीतबहादुर साउद (हाल ग्यालेक्सी टिभी), फोटो पत्रकारिता तर्फ चन्द्र बहादुर आले (अनलाइनखबर), कार्टुनतर्फ विरोचन मल्ल ठकुरी (इकागज डटकम) छन्।

१० हजार राशीको उक्त पुरस्कार १ असोजमा आयोजना गरिने एशोसिएट प्रदेशको राष्ट्रिय सम्मेलनमा वितरण गरिने पराजुलीले जानकारी दिए।

More News last news
Loading...