काठमाडौको लकडाउनमा थप कडाइ, बेलुका ८ बजेपछि सवारी चलाउन प्रतिबन्ध

कक्षा ८ को परीक्षा स्थगित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेसँगै निषेधाज्ञामा थप कडाइ हुने भएको छ। बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

Advertisement

तर अत्यावश्यक सवारीसाधनका लागि भने चल्न दिने उनले जानकारी दिए। थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहने उनले बताए।

काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

काठमाडौं महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ। महानगरले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो।

यसअघि महानगरले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

More News last news
Loading...