काठमाडौँ । गीतकार डिपी दाहाल (परिश्रमी) ले तीजको अवसरमा चर्चित मोडलद्धय नयन डिसी र अञ्जली अधिकारीलाई फिलिलि नचाएका छन्।
दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा फिलिली नाचम्ला बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन्। हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन्।
गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ। स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् । पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ।
मारूनी डिजिटलमा रेकर्डिङ भएको गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका हुन्। गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन्।
डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार अञ्जली र नयनसहित थपलियाको पनि फिचरिङ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
