काठमाडौँ । बिकीनीको चौतर्फी आलोचना भएपछि चर्चित अभिनेत्री प्रियंका कार्की शनिबार पँहेलो सारीमा देखिएकी छन् ।
विभिन्न कारणले चर्चामा आइरहन रुचाउने अभिनेतृ कार्की सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् । नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती छिन्।
उनको चर्चा उनले काम गरेका चलचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् ।
उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ। अभिनेत्री प्रियंकाले केही समय अघि ‘बेबी सावर’ नै गरिन्। आमा बन्ने मिति नजिकिदैँ गएपछि उनको घरमा नयाँ परिवारको सदस्यको स्वागतमा दही चिउरा कार्यक्रमको आयोजना गरियो।
सँधै ग्लामर्स लुक्समा देखिएर गालि खाने प्रियंका शनिबार भने पहेँलो साडीमा देखिएकी छिन्। यो पटक भने उनको चौतर्फी तारिफ भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
