‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन्। यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन्।

Advertisement

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो। एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए। किरणले भने, ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु। मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन्। यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए। यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो।

More News last news
Loading...