क्वालालम्पुर । वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकले आत्महत्या गरेका छ्न्।
अन्दाजी ३५ बर्षिय नेपाली श्रमिक दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने कण्डोमिनियम (बिल्डिङ) को तेर्हौ तल्लाबाट हामफालेर गत बुधबार साँझ ६ बजेतिर आत्महत्या गरेका हुन्।
जानकारी अनुसार दिपक चौधरी अवैधानिक हैसियतमा रहि साईबरजायाको डोमिनिकमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए। उनको नेपाल घर कहाँ हो भन्ने बारे अझै खुल्न सकेको छैन।
मलेसियामा ज्वरो, रुघाखोकी लागेर एक नेपालीको ज्यान गयो
वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। नेपाल ठेगाना सिरहा जिल्ला धनगढीमाई नगरपालिका १२ गडमे निवासी ३८ बर्षिय खिल बहादुर शाहीको मृत्यु भएको हो।
शाही बिगत ३ बर्ष ८ महिनादेखि मलेसियाको अल्फा फोर्स सेक्युरिटी कम्पनीसंग वैधानिक हैसियतमै आबद्ध रहि सेलाङ्गर साहआलम सेक्सन २ मा अवस्थित एक कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
