काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको परीक्षा स्थगित नहुने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविको परीक्षा स्थगित नहुने जानकारी दिए ।
हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबारनै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ।
त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने परीक्षा नियन्त्रक जोशीले बताए । जोशीका अनुसार सबै परीक्षाको हिसाब गर्दा २० देखि ३० हजार विद्यार्थी छन् ।
र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुने उनले स्पष्ट पारेका छन् ।
कोरोना महामारी फेरि बढ्न थालेको भन्दै आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
