कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । कक्षा १२ को स्थगित भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कक्षा १२ को परीक्षा ३१ साउनबाट सुरु हुने गरी तय गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको हो।

Advertisement

अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ। यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो। महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए।

परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताए। परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ।

More News last news
Loading...