काठमाडौं । नेपालको दाङ जिल्लामा आफुले पालेको भाले मरेपछि मालिकले जे गरे त्यसले सबैलाई हैरान बनाएको छ । तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोड्नु भएको हो।
तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा दाहसंस्कार गरिएको हो।
उनले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मरेको हो । सुवेदीले त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा भएको उल्लेख गरे । २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार गरिएको उनले जानकारी गराए।
भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्याएका हुन्। गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आएको मालिक सुवेदीले जानकारी दिए । भालेलाई जलाएर सकेपछि हिन्दू परम्परा अनुसार सुवेदीले खोलामै कपाल पनि मुण्डन गरे ।
धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शोक मनाएको सुवेदी बताउँछन् । भाले मरेपछि आफूलाई निकै दुःख लागेकाले भालेको सम्मानका लागि हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको उनको भनाई रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
