मलेसियामा बढ्यो कोरोना संक्रमण, २ दिनमा ४ जना नेपालीको ज्यान गयो

क्वालालम्पुर । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिकको ज्यान गएको छ । नेपाल ठेगाना गोर्खा नगरपालिका–१० बिरेन्चोक गोर्खा निवासी बिगत १० बर्षदेखि मलेसियाको कावालान केसेलामातान पेरकासा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रही काम गर्दै आएक श्रमिक एक बहादुर आले मगरको कोरोना संक्रमणले मृत्यु भएको हो।

१२ दिनदेखि उपचाररत ४४ वर्षिय मगरको मृत्यु बुधबार बिहान भएको उनी निकट नेपालीहरुले बताएका छन् । जानकारी अनुसार कोरोनाले मृत्यु भएकोले नियम अनुसार मृतकको शव नेपाल पठाउन नसकिने भएको हुँदा आवश्यक पोस्टमार्टम पश्चात् कम्पनीको समन्वयमा मृतकको अन्तिम दाह संस्कार मलेसियामै गरिने भएको छ ।

Advertisement

त्यस्तै, मंगलबार नै कोरोना संक्रमणबाट रेभिन्यु सेक्युरिटि कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको थियो। मोरङको सुनवर्षि नगरपालिका–६ रतुवामाई घर भएका ३६ वर्षका सुरेश कुमार दासको मंगलवार साँझ करीव ५ बजेतिर मृत्यु भएको हो । केहि समय अघिदेखि उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

उनी निकट स्रोतका अनुसार, कम्पनीको सहायतामा करिब एक हप्तादेखि क्वालालम्पुर अस्पतालमा उपचाररत रहेका सुरेशको उपचारकै क्रममा मृत्यु भएको थियो।

मंगलबारकै दिन कोरोना संक्रमणबाटै डेल्टा सेक्युरिटी फोर्स नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डमै काम गर्दै आएका नेपाली श्रमिक विरेन्द्रनगर नगरपालिका–२ सुर्खेत जिल्ला (वागेसिमल) घर भएका ४२ वर्षिय तुलाराम पुलामीको कोरोना सक्रमणबाटै ज्यान गएको थियो।

दुईबर्ष देखि सुरक्षागार्डमा कार्यरत तुलाराम पुलामीमा कोरोना संक्रमण देखिएपछि कम्पनीले थप उपचारका लागी अस्पतालमा भर्ना गरेपनि उपचारकै क्रममा मंगलबार बिहान ०५ः०० बजे उनको ज्यान गएको हो।

मंगलबारकै दिन कोरोना संक्रमणबाट नेपाल ठेगाना साविक विरुवागुठि गाविस–३ र पर्सा घर भई मलेसियामा कार्यरत २९ बर्षिय नेपाली श्रमिक सिकेन्द्र कुमार चौरसियाको मंगलबार विहान मृत्यु भएको थियो।

दुई वर्ष अघि डिके रिभर ओभरसिजवाट रोजगारीका लागि मलेसिया आएका सिकेन्द्र सेलाङगरमा रहेको टेस्को सुपरमार्केटमा जनरल वर्करको रुपमा काम गर्दे आईरहेका थिए। मलेसियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। जसका कारण पछिल्लो समय दिनहुँजसो स्थानीय संगसंगै नेपाली श्रमिकहरुको समेत ज्यान जान थालेको छ।

More News last news
Loading...