काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हनार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित थपिएका हुन्।
हिजो काठमाडौँ उपत्यकामा १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका थिए।
यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

गण्डकीमा पछिल्लो २४ घण्टामा थपिए ६१६ संक्रमित
पछिल्लो २४ घण्टामा कास्की जिल्ला (पोखरा)मा १९१सहित गण्डकी प्रदेशमा ६१६ जना मानिस कोरोना संक्रमित भएका छन्। २४ घण्टामा १ हजार २६२ मा गरिएको कोरोना परीक्षणमा आधाको संख्यामा कोरोना पोजेटिभ देखिएको हो । यो संक्रमितको संख्या बुधबारको तुलनामा बढी हो ।
आज गण्डकीमा नवलपुरमा ७८, स्याङ्जामा ७२, बागलुङमा १००, तनहुँमा २३, लमजुङमा १९, गोरखामा ८३, पर्वतमा १३, म्याग्दीमा ३७ जना संक्रमित भएका छन् भने मनाङ र मुस्ताङमा पछिल्लो २४ घण्टामा कोही पनि संक्रमित भएका छैनन्।
हिजो कास्कीमा १४८ जना सहित गण्डकी प्रदेशमा ५०० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
