यी कारणले गर्दा गर्भावस्थामा पनि हुनसक्छ महिनावारी

सामान्यत महिला गर्भवती भएपछि महिनावारी रोकिन्छ । महिनावारी नहुनु गर्भावस्थाको सूचक हो । तर कुनै गर्भवती महिलालाई रक्तश्राप हुन थाल्छ भने हामीमा डरको स्थिति सर्जना हुन्छ। केहि मामिलामा गर्भावस्थाको क्रममा पनि महिनावारी हुन सक्छ।

यसले गर्भमा रहेको शिशिलाई कुनै खतरा हुदैन। विशेषज्ञका अनुसार जुन महिलाको गर्भाशय दुई भागमा बाढिएको हुन्छ त्यस अवस्थामा यो संभव छ। मेडिकल भाषामा यस्तो गर्भाशयलाई ‘बाईकोर्नुएट यूट्रस’ भनिन्छ।

Advertisement

यसको एक हिस्सामा शिशु बढिरहेको हुन्छ भने अर्को भागमा महिनावारी हुन्छ । यस कारण पनि गर्भावस्थामा हुन्छ रक्तश्राप इन्प्लाटेशन ब्लीडिङ्गस् यो गर्भावस्थाको सूचक हो । यस क्रममा महिलाहरुलाई स्पटिङ्ग हुन्छ।

ट्यूबल गर्भावस्थास् ‘यूट्रस’को ठाँउमा यदि शिशु ‘फर्टीलाइज्ड एग फेलोपियन ट्यूब’ मा बढे त्यसलाई ट्यूबल गर्भावस्था भनिन्छ। यस्तो स्थितीमा पनि रक्तश्राप हुन्छ। संक्रमण: अंगहरुमा कुनै प्रकारको संक्रमणको कारण पनि पनि रक्तस्त्राव हुन सक्छ।

मिसक्यारेज : गर्भावस्थाको क्रममा रक्तश्राप मिसक्यारेजको पनि सूचक हो। यदि तपाईलाई गर्भावस्थामा रक्तश्राप भए वा रक्तश्राप भएर बन्द भएको भए दुवै अवस्थामा डाक्टलाई जांच गराउनुहोस्।

More News last news
Loading...