प्रभाको ‘फुर्के धागो २’ मा नयन र अञ्जलीले मर्काए कम्मर (भिडियो)

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस बर्षको तीजलाई लक्षित गरेर सोही टिमले ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरिएको हो ।

यो गीतलाई ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। उक्त गीतमा संगीत पनि गायक गौतमलेनै भरेका छन्।

Advertisement

गीतमा पछिल्लो समय फुर्के धागो गीतबाट चर्चामा रहेका मोडल नयन डिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ।पछिल्लो समय युवा पुस्तामाझ परिचित मोडल डिसीले यसअघि ‘फुर्के धागो’, ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन्।

एरोविक्स डान्सका गुरु समेत रहेका डिसीले विगत १० बर्षदेखि अभिनय सिकाउँदै समेत आएका छन्। यस्तै मोडल अधिकारीका ‘गलबन्दी’, ‘बोल माया’, ‘फुलमती चनमती’ लगायतका गीतमा लोभलाग्दो अभिनय गरिसकेकी छिन्।

यसअघि फुर्के धागो बोलको गीतले युटुबमा ३८ लाख ओभर भ्युज पाएको छ टिकटकमा समेत उत्तिकै भाइरल बनेको थियो। ‘फुर्के धागो २’ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ।

More News last news
Loading...