काठमाडौँ । केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो संख्या मंगलबार (हिजो) को भन्दा बढी हो। मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन्। योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै, आज देशभर कोरोनाबाट ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
