मलेसियामा १७, १८ बर्षदेखि इलिगल काम गर्दै आएका एक नेपाली उतै अस्ताए

क्वालालम्पुर । वैदेशिक रोजगारीका निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकको जुलाई ३१ तारिखका दिन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

मलेसियामै यताउता भौतारिँदै रोजगारदाता कम्पनी छाडेर बिगत १७,१८ बर्षदेखि भागेर अवैधानिक हैसियतमा रहि काम गर्दै आएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रुङ निवासी रन बहादुर बिष्टको मलेसियाको काजाङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

Advertisement

जानकारी अनुसार मृतक बिष्ट गएको शुक्रवारको दिन बेलुका आफू बसेको ठाउँमै अच्चानक बेहोस भएका थिए। लगत्तै अन्य नेपालीहरुको सहयोगमा थप उपचारको लागि बिष्टलाई अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकको शव काजाङ अस्पतालमै राखिएको छ। मृतकको शव नेपाल पठाउन नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाली दूतावाससँग समन्वय गरिरहेको जनाइएको छ ।

More News last news
Loading...