यी हुन् विश्वमै सबैभन्दा ठुलो मुख भएकी महिला, जसले राखिन् वर्ल्ड रेकर्ड

काठमाडौँ । एक टिकटक स्टारले सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएकी छिन्। १.७ मिलियन फलोअर भएकी ३१ वर्षकी टिकटक स्टार समंथा राम्सडेल अमेरिकाका कनेक्टिकटकी हुन्।

उनले यसअघि पनि ठूलो मुख खोल्न सकेका कारण भाइरल भएकी थिइन् । उनले २.५६ इन्च मुख खोल्न सकेर गिनिज बुकमा नाम लेखाएकी हुन् । द सनका अनुसार समंथा मेडिकल बजार प्रतिनिधि हुन्।

Advertisement

उनले कुनै समय आफूले यही मुखका कारण धेरै कुरा सुन्नु परे पनि अहिले यही मुख आफ्नो लागि खुसीको कुरा भएको बताएकी छिन्। उनले पूरै मुख खोल्दा उनको मुखमा एउटा सिंगै स्याउ अटाउँछ। गिनिजले समंथालाई स्थानीय दन्त चिकित्सककहाँ भेटेको थियो ।

डा. एल्क चेयुंगले उनको मुखको नाप लिएकी थिइन् । गिनिज बुक अफ वर्ल्ड रेर्कड्सका एक जना अधिकारीले उनको आँ‘. गराएको मुखको मापन गरे । त्यसक्रममा उनको मुख २.५६ इन्च पाइयो । पहिले आफ्नो ठूलो मुखका कारण मानिसहरुले आफ्नो मजाक उडाउने गरेकोमा अहिले गिनिज बुकमा नाम लेखाएपछि ठूलो मुख नै आफ्नो लागि खूशीको विषय भएको सामन्था बताउँछिन्।

उनै समन्थाको मुख यति ठूलो छ कि फ्रेन्च फ्राइजको प्याकेट देखि एउटा सिंगै स्याउसम्म एकै पटकमा क्वाप्पै खान सक्छिन् । सोसल मिडियामा पनि सेलिब्रेटी नै बनेकी छिन् यी कीर्तिमानी मुखधारी महिला । उनको टिकटकमा १७ लाख फलोअर्स छन् । संसारको सबैभन्दा ठूलो मुख भएका व्यक्ति आइज्याक जोन्सनसँग पनि भिडियो बनाएकी छिन्।

आइज्यैक जोन्सनको मुख भने ४ इन्च ठूलो छ । सामन्थाले भनिन् कि यो मुख हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यसमाथि हामीलाई गर्व छ । यो हाम्रो महाशक्ति नै हो । त्यस्तो चिज हो जसले हामीलाई विशेष बनाउँछ र सामान्य मानिसहरुभन्दा अलग बनाइदिएको छ ।

More News last news
Loading...