काठमाडौँ उपत्यकामा निरन्तर बढ्दै कोरोना, आज मात्रै थपिए ८५१ संक्रमित

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ८५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जना कोरोना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८७ जनामा कोरोना पुष्टि भएको छ।

More News last news
Loading...