पत्याउनुहुन्छ ? जहाँ सिंहले बोक्छ मानिस

एजेन्सी । अर्जेन्टिनाको राजधानी ब्युनर्स आर्यसमा एउटा चिडियाघर छ, जहाँ पर्यटकलाई सिंहमाथि चढ्ने, बाघसँग बसेर फोटो खिच्नेसम्मको सुविधा छ।

यो चिडियाघरमा अधिक मात्रामा सिंह र बाघ रहेका छन्, लुजान नामको यो चिडियाघर साहसी पर्यटकहरूको गन्तव्य बनेको छ।

Advertisement

सिंहमाथि चढ्नका लागि पर्यटकलाई १६ सय रुपैयाँबराबरको शुल्क लाग्छ । चिडियाघरका अधिकारीका अनुसार सिंह तथा बाघजस्ता हिंस्रक जनावरलाई शान्त रहने ट्रेनिङ दिइएको हुन्छ।

पशु अधिकारकर्मीहरूले भने सिंहमाथि सवारी गर्न, उनीहरूसँग फोटो खिचाउन बन्द गर्न माग गर्दै मुद्दा दर्ता गरेका छन्।

उनीहरूले यी जनावरलाई लठ्याउन औषधि दिने गरिएको दाबी गरेका छन्।

More News last news
Loading...