आज साउन १५, खीर खाने विचारमा हुनुहुन्छ ? यसरी पकाउनुहोस् स्वादिष्ट खीर

काठमाडौँ । आज साउन १५ गते अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ।

शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो।

Advertisement

दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ।

‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ । यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो । तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ। त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ।

यसरी पकाउनुहोस् स्वादिष्ट खीर

स्वादिष्ट खीर बनाउन पहिले चामललाई पानीले राम्ररी पखाल्नुहोस् । मधुरो आगो बनाएर एक लिटर दुध हालेर डेक्ची बसाल्नुहोस् । दुध राम्ररी तातेपछि चामललाई उम्लिएको दुधमा हाल्नुहोस् ।

दुध र चामल केही मिनेट पाकेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा, चिनी, तेजपात हाल्नुहोस् । सबै मसल गल्ने गरी सानो आगोमा १५ किनेट पकाउनुहोस् । अब स्वादिष्ट खीर बन्यो ।

More News last news
Loading...