ललितपुरमा आजदेखि यी उमेर समुहकालाई ‘कोभिड’विरुद्ध भेरोसेल खोप लगाइँदै

साउन १८ देखि जोनसन एण्ड जोनसन

काठमाडौ । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्ष उमेर समूहका माथिकाले कोभिडविरुद्धको भेरोसेल खोप पहिलो डोज लगाउन पाउने भएका छन्।

महानगरपालिकाले शुक्रबारदेखि ४५ वर्ष उमेर समूहका माथिकालाई भेरोसेल खोप पहिलो डोज लगाउने निर्णय गरेको हो।

Advertisement

साउन १५, १६ र १७ गते महानगरका २९ वटै वडामा खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ।

खोप लगाउन इच्छुक ४५ वर्षमाथि उमेर समूहकाले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

यस्तै, साउन १८ गतेबाट भने जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम रहेको उनले बताए। जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रमबारे सूची‍ छिट्टै सार्वजनिक गर्ने महानगरले जनाएको छ।

यसअघि काठमाडौँ महानगरपालिकाले हिजो साउन १४ गतेबाट कोभिड बिरुद्धको भेरोसेल खोप दिन शुरु गरेकोको छ । यो अभियान आजसम्म चल्ने छ।

More News last news
Loading...