अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ।

यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

Advertisement

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ।

सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।

सन् १९९० यता अलास्का क्षेत्रमा ८.२ म्याग्नेच्यूडका वा सोभन्दा माथिका १७ भूकम्प मापन भइसकेको युएसजिएसले जनाएको छ।

‘भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेको थियो। यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा भागेका थिए,’ एक स्थानियले भने।

More News last news
Loading...