काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि–१९) विरुद्धको भेरोसेल खोप लगाइँदैछ।यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ।
यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ।
काठमाडौँ १४ को वडा कार्यालय परिसरमै लगाइने
कोभिड–१९ बिरुद्धको भेरोसिल खोप पहिलो मात्रा लगाउन छुट भएका ५० बर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई आजबाट काठमाडौँ महानगरपालिकाका सबै वडामा भेरोसेल खोप लगाइँदै छ।
काठमाडौँ १४ कलंकी क्षेत्रका नागरिकले वडा कार्यालय भवन परिसरभित्रै खोप लगाउने व्यवस्था गरेको वडा नम्बर १४ की वडाध्यक्ष शोभा सापकोटाले बताईन् ।
उनका अनुसार यहि श्रावण १४ (आज) र १५ गते (भोलि) बिहान १० बजे देखि ४ बजे सम्म कामपा–१४वडा कार्यालयमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाइने भएको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
