भारतमा रेल र बस ठोक्किंदा १८ को ज्यान गयो, १९ घाइते

काठमाडौं । भारतमा रेल र बस ठोकिंदा १८ जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा उक्त रेल दुर्घटना भएको हो ।

लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिए भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

Advertisement

प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

धेरैजसोको घटनास्थलमै ज्यान गएको र घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ। स्थानीय अधिकारीले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन्।

More News last news
Loading...