काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको बैठकमा विभिन्न दलका सांसदले समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित भनाइ राखिरहेका छन्।
बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको परीक्षा सुरु भइसकेको भन्दै अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने बताए।
सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञानलाई नपत्याउने, पालिका र प्रदेश सरकारलाई पङ्गु बनाउने, नजिकका मान्छेलाई मात्रै पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने जस्ता गलत कर्मका कारण केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताए।
उनले यो सरकारले संसदको सम्मान गर्दै संसदको निर्देशन अनुसार काम गर्नुपर्ने बताए। बैठकमा जुम्लाका सांसद् गजेन्द्रबहादुर महतले एउटा गफाडी सरकार हटाएर अर्को गफाडी सरकार ल्याएको आभास हुन थालेको भन्दै गफ कम र काम धेरै गर्न सुझाव दिएका छन्।
कर्णालीमा पैसा तिरेर बिजुली बाल्छु भन्दा पनि बिजुली नपाउने तर काठमाडौँमा बसेर ऊर्जा मन्त्रीले निःशुल्क बिजुली दिन्छु भनेकोमा उनले आपत्ति समेत जनाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
