काठमाडौं । भारतको दुई राज्यको सीमा क्षेत्रमा झडप हुँदा ६ प्रहरी मारिएका छन्। भारतको आसाम र उत्तर पूर्वी राज्य मिजोरमको सीमामा उक्त झडप भएको थियो।
झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीट मार्फत जानकारी दिएका छन्।
क्षेत्रमा सोमबार स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा गोलीसमेत चलेको थियो। सीमा विवादमा दुवै राज्यका मुख्यमन्त्रीहरुबीच केही समय अघिबाट तिक्ततासमेत छाएको छ।
यो विवादलाई मिलाउन यसअघि भारतको गृहमन्त्रालयले पनि दुवै मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको थियो। तर विवाद समाधानको साटो सीमामा झनै तनाव बढिरहेको छ । विगतका वर्षहरुमा पनि यो क्षेत्रमा तनाव बढेको थियो।
आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । तर सीमा निश्चित भने भएको छैन । सीमा निश्चित गर्ने प्रयास सन १९९५ देखि नै चल्दै आएको भएपनि यसले पूर्णता भने पाइसकेको छैन। जसका कारण सीमामा विवाद हुँदै आएको हो।
विवादको मुख्य भूमि आसामको लैलापुर जिल्ला जिल्ला पनि हो । तर यो क्षेत्र मिजोरम राज्यले दावी गर्दै आएको छ । सीमा विवादकै कारण स्थानीय सरकारी सुविधाहरुबाट बञ्चित हुनुपरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
