काठमाडौँमा १० दिन निषेधाज्ञा थप, यी क्षेत्र अझै बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ।

Advertisement

यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ। यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

More News last news
Loading...