समाजसेवी कुँवरको ‘निरन्तर समाजसेवा’ र ‘हजुरलाई नमस्ते’ पुस्तक (अडियो बुक) लोकार्पण

काडमाडौँ । ताराबहादुर कुँवरको ‘निरन्तर समाजसेवा’ पुस्तक र ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक लोकार्पण भएको छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले पुस्तक लोकार्पण गर्दै कुँवरको निरन्तरको समाजसेवाले पीडादायी जीवन भोगिरहेकालाई राहत मिलेको बताए।

श्रेष्ठले गुरु पूर्णिमाको दिन पारेर पुस्तक विमोचन गर्नु उचित भएको भन्दै कुँवर समाजसेवाको गुरु भएको बताए । उनले मुलुकको विकास र समृद्धिका लागि कुँवर जस्ता दिल सफा भएका मानिसहरुको आवश्यकता रहेको बताए। उनले समाजसेवाको प्रतिमूर्तिलाई सम्मानका शब्द खर्च गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको बताए।

Advertisement

समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिनाले कुँवरले समाजसेवामा पुर्याइरहेको योगदानले चौतर्फी चर्चा पाउन थालेको भन्दै कुँवरले वास्तविक समाजसेवीको परिचय बनाएको बताए ।

पूर्व सेनापति रुक्मांगत कटवालले कुवँरको यस अघि प्रकाशित पुस्तक ‘हजुरलाई नमस्ते’ बाट कुँवरको संघर्ष, भोगाई र सफलताको बारेमा जानकारी लिन सकिने बताए ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले कुवँरले कोरोना महामारीमा राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, चक्रपथ सरसफाई अभियानको नेतृत्व, वागमति सफाई अभियानमा सरिक लगायतका थुप्रै समाजिक कामहरु गरेको बताए। उनले कुँवरले थुप्रैलाई रोजगारी प्रदान गरेको भन्दै हाँसी खूशी रहने बानीले अरुलाई पनि प्रेरित गरेको बताए।

सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक नारायणबाबु थापाले भूकम्पको बेला उद्धारका लागि डोजर स्क्याभेटर लगायतका हेभि इक्युप्मेन्ट उपलब्ध गराए कुँवरले राज्यलाई निकै ठूलो गुन लगाएको बताए।

कुवँरले आफू लिनका लागि नभएर सधै दिनका लागि अघि सर्ने हुँदा समाजसेवामा अझै धेरै काम गर्न बाँकी रहेको बताए। कार्यक्रममा ‘हजुरलाई नमस्ते परोपकारी अभियान’ सँग जोडिएका झण्डै दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको छ।

More News last news
Loading...