माधव नेपाल गद्दार होईन, राजनेता हुन् : रिजाल (भिडियोसहित)

काठमाडौँ । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् ।

उनले भने, ‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । माधव नेपाल यो देशको सम्मानित राजनेता हो।’ मंगलबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement

उनले आफूहरु एमालेलाई एकताबद्ध र सक्रिय बनाउन लागिपरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको लागि कार्यदलले हप्तौं लगाएर तयार पारेको प्रस्ताव र दस्तावेजलाई लागु गर्नुपर्नेमा जोड दिए।

उनले माधव नेपालबिनाको एमाले बनाउने कल्पना कसैले पनि नगरेको जिकिर गरे। उनले भने,‘व्यक्तिका रुपमा आफ्ना आफ्ना शैली छन् । तर, पार्टी एकता अनिवार्य शर्त हो।’ उनले एकताको अहिलेपनि सम्भावना रहेको दाबी गरे। उनले आजको एमाले भनेको ओली र नेता नेपालबीचको सहकार्य नै रहेको सुनाए।

More News last news
Loading...