निकै चम्किनेवाला छ यी ७ राशिको भाग्य, कुन हो तपाईको ? हेर्नुहोस् साप्ताहिक राशिफल

आज साउन ३ गतेदेखि आइतबारदेखि आगामी ९ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।

मेष: प्रेममा खुशी बढ्नेछ । साथीभाइको सहयोगमा सामाजिक काम बन्ने छ । साझेदारीमा फाइदा एवम व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । धन बढी खर्च हुने तथा काम लम्बेर जाने छ । साताको अन्त्यमा भने भाग्यले साथदिने, अधुरा काम बन्ने एवम राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।

Advertisement

वृष: घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवम साथीभाइसँग नयाँ मित्रता गाँसिने छ । पराक्रम बढ्ने एवम पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवम साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ । साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।

मिथुन: विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एव मआम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम प्रतिस्पर्धामा जित हुने तथा ठुला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवम रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवम प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ । वैवाहिक जीवनमा रमाइलो बढ्नेछ । विदेशको काम अगाडि बढ्नेछ ।

कर्कट: साताको सुरुमा मानसिक चिन्ता बढ्ने एवम घरायसी मामिलामा समस्या आउनेछ । जग्गा जमीन एवं पैतृक धनमा विवाद हुनेछ । स्वास्थ्यले समस्या दिने एवम मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्ने, व्यापारमा फाइदा हुने एवम सम्पति जोर जम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवम शारीरिक परिश्रम एवम जिम्मेवारीको भार बढ्नेछ ।

सिंह: नयाँ काममा लगानीको योजना बन्ने्छ । साथीभाइसँग छोटो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवम पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा वोझ थपिनाले काम अधुरो रहनेछ । हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवम स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवम लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।

कन्या: सभा एवम गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना सुरु हुने एवम पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवम ठुलाबडासँग भेटघाट हुनेछ । कामको जिम्मेवारी थपिने एवम छोटो यात्राको योग बन्नेछ । भाइ बन्धुको सहयोग मिल्ने एवम परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ ।

तुला: काममा अलमल हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागीदार भइनेछ । साताको मध्यमा भने धन सम्पत्तिको जोहो हुने एवम आर्थिक सहयोग मिल्नेछ । भोजभतेर एवम साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुने, पैसाको अभाव रहने एवम वैदेशिक कामबाट झन्झट मिल्नेछ ।

वृश्चिक: सानो काममा बढी खर्च आउनेछ । आर्थिक काममा विवाद बढ्नेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम सरसहयोगमा धन सकिने छ । मानसिक चिन्ता बढ्ने एवम योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवम पारिवारिक सहयोग मिल्नेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवम लगानीमा नाफ मिल्नेछ ।

धनु: आम्दानीको श्रोत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवम भुमिबाट फाइदा हुने पशु चौपायामा लाभ हुनेछ । माइती मावली पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवम सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम पारिवारिक खर्च बढ्नेछ ।

मकर: नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धन सम्पत्तिको सुख मिल्ने एवम काममा जस पाइनेछ । लेखन एवम कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्ने तथा व्यापार व्यवसायमा आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । गुप्त शत्रुको भय रहनेछ ।

कुम्भ: राजनीतिमा लाभ मिल्नेछ । पुराना काममा प्रगति मिल्न थाल्नेछ । विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवम सम्मानको योग रहेको छ । ठुलाबडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ।

मीन: अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवम प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पुरा हुने देखिन्छ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवम राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ।

More News last news
Loading...