काठमाडौँ । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ। विहीबार दिउँसो १ बजे बस्ने काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताइएको छ।
काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि विहीवार राति १२ पछि सकिँदैछ।
यस्तै उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा खोल्ने तयारीमा रहेको बताइएको छ।
यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
