भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ को ज्यान गयो

काठमाडौँ । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो।

जसको कारण फरक-फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ।

Advertisement

मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार-चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन्।

मुख्यमन्त्री आदित्यनाथले तत्काल घटनास्थलमा पुगेर सहायता प्रदान गर्न र घाइते भएका मानिसहरुले उचित उपचार गर्न आदेश जारी गरेका छन् । प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भउको छ। राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि घटनामा दुःख व्यक्त गरेका छन्।

राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको छ।’

More News last news
Loading...