पशुपति-सम्झनाको यो वर्षकै पहिलो तीज गीत २४ घण्टा नहुँदै ट्रेनिङमा उक्लियो

काठमाडौँ । तीजमा सबैभन्दा धेरै गीत निकालेर चर्चामा आईरहने लोकप्रिय गायक पशुपति शर्मा र सम्झना भण्डारीको यस वर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ। पशुपति शर्माले आफ्नो यो पटकको पहिलो गीतमा सम्झना भण्डारीसँग सहकार्य गरेका छन्।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै निकै चर्चित बनेको छ। उक्त गीत यूट्युवमार्फत सार्वजनिक भएको २४ घण्टा नबित्दै २९ नम्बर ट्रेनिङमा उक्लिएको छ। गीतलाई पशुपति शर्मा आफैले लय तथा शब्द सिर्जना गरेका हुन् भने म्युजिक भिडियोमा सम्झना र पशुपति स्वयमलाई देख्न सकिन्छ।

Advertisement

गायक शर्माको अफिसियल युट्युब च्यानल पशुपति शर्माबाट सार्वजनिक गरिएको सो भिडियो दुर्गा पौडेलले निर्देशन गरेका हुन्।

पछिल्लो समय गायक शर्मा र गायिका भण्डारीको सहकार्यमा आएका प्राय गीतहरु निकै लोकप्रिय बनेका छन् । शर्मा र भण्डारीका सारङ्गी र्याइँ र्याई, काले जुवाँइ साब, कान्छी बुहारी, लोभी दाइ, क्यार्न मया मारिचौ, स्याङ्जा जाने बाटोमा तनहुँ लगायतका गीतहरु निकै पपुलर छन् ।

यस्तो गीतको म्युजिक भिडियो

More News last news
Loading...