एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हात हालाहाल

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ।

उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले फरक फरक उद्घोषण गरेपछि चारैतिरबाट पक्ष र विपक्षमा ठूलो हुल मञ्चमा प्रवेश गरेको थियो।

Advertisement

कार्यक्रम समापनमा सन्दर्भमा उद्घोषक पशुपति पाण्डेले धन्यवाद ज्ञापन गर्न भनी बीरआर लामालाई मञ्चमा बोलाएका थिए। उनले धन्यवाद ज्ञापन गर्दा गर्दै आफैं उद्घोषण गर्दै निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयाँ कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाएका थिए।

उनले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका बराल मञ्चमा पुगे। उनले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसे र अहिले शपथ ग्रहण नहुने उद्घोष गरिदिए।

त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो। र, मञ्चमै ठेला ठेल भएको थियो। यो क्रम १५ मिनेटभन्दा बढी भएको देखियो। त्यसपछि मञ्चबाटै कसैले सेक्युरिटी सेक्युरिटी भनेर बोलायो। दुई ठूलो ज्यान गरेका विदेशी सेक्युरिटी गार्डहरु मञ्चमा गए र भटाभट ठेल्न थाले।

उनीहरुले मञ्च खाली गर्न चाहे पनि सकेनन्। त्यसपछि सुनील साह र पशुपति पाण्डेलाई लिएर उनीहरु बाहिर गए। त्यसपछि सहभागी महिलाहरु मञ्चमा गई माइक समातेर सबैलाई मञ्च खाली गर्न आग्रह गरे। विस्तारै मानिसहरु मञ्च छोड्न थाले। पुन सेक्युरिटी गार्डहरु मञ्चमा देखिए अनि फेरि शपथ ग्रहण शुरु गर्न विजयीहरुलाई निर्वाचन समितिका बरालले आह्वान गरे।

त्यसपछि हो हल्लाका बीचमा शपथ ग्रहण गरियो । शपथ ग्रहण गरेर पनि लामोसमय हलमा हो हल्ला चलिरहेको थियो। बन्द सत्र नहुंदैको यो दृश्यले एनआरएनए अमेरिकाभित्रको गुटगत विवाद छताछुल्ल भएको छ।

ठेलमठेलको अवस्था आएपछि क्षेत्रीय संयोजक त्रिपाठीले कार्यक्रमको खाका तयार गर्दा नै नेतृत्वले गल्ती गरेको र त्यसको मार साधारणसभाले भोग्नु नपरोस् भन्दै अव विवादमा अल्झिनु उपयुक्त नभएकाले नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराएर अघि बढ्न कार्यक्रम आयोजकहरुलाई दवाव दिएका थिए। र मञ्चमा उपस्थित भएर शपथ ग्रहण गर्ने नयाँ समितिलाई बधाइ दिंदै आईसीसीको तर्फबाट औपचारिकता दिएका थिए।

संघको साधारणसभाको उद्घाटन गर्दै अमेरिकामा सिकेको ज्ञान, सीप आफ्नो मातृभूमि नेपालको उत्थानका लागि प्रयोग गर्न अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले आग्रह गरे।

डिसी नेपालको सहयोगमा तयार पारिएको सामाग्री

More News last news
Loading...