अनुहार कालो भयो ? उसोभए गोरो हुने मन भए आजैबाट खानुहोस् यस्ता खाना

काठमाडौँ । तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकतामा कमी ल्याउँछ ।

गोरो बन्नको लागी खान नहुने यी ७ खाने कुराहरू

Advertisement

१. स्पाइसी फुड :यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ ।

२.कफी : यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ ।

३. ह्वाइट ब्रेड : यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ ।

४.तारेको खानेकुराहरु : यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ ।

५. पेय पदार्थ : यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ ।

६.चीनि : यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ । यी खाने कुरा कम खायौं भने अनुहारमा चमक आउने छ ।

More News last news
Loading...