भुलेर पनि नसुत्नुहोस् यस्तो पोजिसनमा, अनुहारमा आउनेछ चाउरीपना र डण्डिफोर

काठमाडौँ । कोही पनि व्यक्ति समयभन्दा अगाडि बुढो हुन चाहँदैनन्। वा यस्तो भनौँ कि मानिस कहिल्यै बुढो देखिननै चाहादैनन्। तर एकदिन सबै बुढो त हुनैपर्दछ । आजकल जुन तरहको वातावरण छ त्यसको कारणले हाम्रो त्वचा खराब हुने गर्दछ।

जसकारणले मान्छे धेरै चाँडो बुढो देखिन थाल्छन् । वातावरणमा प्रदुषणको स्तर पनि दिनप्रति दिन बढ्दै गरेको छ । यस्तो प्रदुषणले हाम्रो त्वचालाई काफी नोक्सान पुर्याउने गर्दछ ।

Advertisement

आउनुहोस् केही यस्ता उपायको बारेमा जानौँ जसले गर्दा हामी बुढो हुँदैनौँ :

गुलियो खाना खान बन्द गर्नुृहोस्

धेरै गुलियो युक्त खाना स्वास्थ्यका लागि नराम्रो मात्र होइन यसले हामीलाई बुढो बनाउन पनि सक्छ। यदि तपाईं बुढो हुन चाहनुहुन्न भने तपाईंले गुलियो खाना खान छोड्नुपर्दछ । यस बाहेक, धेरै चिनी युक्त खाना खाँदा तौल बढ्ने , मधुमेह, पिम्पल, चाउरीपनाको समस्या उत्पन्न हुन सक्छ ।

सनस्क्रीन लोशन लगाउने गर्नुहोस्

यदि तपाई चछाडो बुढो हुन चाहानुहुन्न भने घाममा बाहिर जाने समयमा सनस्क्रीन लोशन लगाएर मात्रै जाने गर्नुहोस् । सनस्क्रीन लोशनको प्रयोगले हामी चाडै बुढो हुनबाट बच्न सक्छौँ । यसले त्वचालाई छिट्टै नोक्सान पुर्याउन दिदैन ।

आफ्नो अनुहार सिरानीमा राखेर नसुत्नु

बिस्तारामा उल्टो परेर सुत्नु वा पेटको बलले सुत्नुाले अनुहारमा चाउरीपना उत्पन्न हुन्छ । किनकी पेटको बलले सुत्दा हाम्रो अनुहार सिरानीमा हुन्छ । सिरानीमा किटाणु,मृत त्वचा र धुलो आदि इत्यादि हुने गर्दछ । तसर्थ जहिले पनि सिरानीमा मुख लगाएर या त उल्टो सुत्नुहुँदैन ।

धेरै पानी पिउने गर्नुहोस्

भनिन्छ कि पानी नै हाम्रो जिवन हो । कम पानी पिउने गल्तीले हामीलाई बुढो बनाउन सक्दछ । धेरै पानी पिउनाले अनुहारमा चमक मिल्ने हुन्छ । हरेक दिन पानी ज्यादा पिउनाले हाम्रो त्वचा सँधै ताजा रहन्छ । त्यसैले पानी धेरै पिउनुहोस् र बुढो हुनबाट बच्नुहोस् ।

कुनै पनि नशालु पदार्थको सेवन नगर्नुहोस्

हामी सबैलाई थाहा छ कि लागूपदार्थको दुर्व्यसन स्वास्थ्यको लागि हानिकारक छ। यदि तपाईं धेरै सिगरेट वा रक्सी पिउनुहुन्छ भने तपाईं समय भन्दा पहिले नै बूढो हुन सक्नुहुन्छ। यदि तपाईं छिट्टै बुढो देखिन चाहानुहुन्न भने कृपया यस्ता चिजलाई खान छोड्नुहोस् ।

More News last news
Loading...