पुरुषलाई दिक्क पार्ने महिलाका ७ बानी, जसका कारण भइरहन्छ विवाद

काठमाडौँ । जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ। महिला र पुरुषले एक अर्काको बानी बुझेको खण्डमा जीवन यापन गर्न सहज हुन्छ। त्यसैले आज हामी यहाँ पुरुषालाई दिक्क लगाउने महिलाका केही बानी बारे चर्चा गर्दै छौं।

१) अधिकाशं पुरुषलाई महिलाको मन नपर्ने आम बानी भनेको तयार हुन बढि समय लगाउनु हो । घन्टौ पहिरनमा अल्झिएको पुरुषलाई मन पर्दैन।

Advertisement

२) महिलाहरु आफ्नो सौन्दर्य प्रति बढि चिन्तित हुने स्वभाव पुरुषलाई मन पर्दैन। अझ मेकअप लाएपछि आफूलाई राम्री ठानेर आफ्नो पुरुष पार्टनरसंग दाजिएको धेरै पुरुषलाई मन पर्दैन।

३) आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्ने महिलाको बानी पुरुषलाई मन पर्दैन। अझ कुनै पार्टी वा अन्य भेटघाटमा जानै पर्ने हुदाँ घरीघरी मेकअप दल्ने, ऐना हेर्ने बानी पुरुषलाई मन पर्दैन।

४) हुनत प्राय महिला मन्द मुस्कानमा हास्ने गर्दछन् । तर कतिपय महिला भने खित्का छाडेर ठुलो आवाजमा हास्ने गर्दछन्। यस्तो बानी पुरुषलाई मन पर्दैन । अझ सोधेको प्रश्नको जवाफ नदिई हास्ने महिला पुरुषलाई फिटिक्कै मन पर्दैन।

५) धेरैजसो महिलाहरु बिषय प्रसंगभन्दा बाहिरका कुरा निकालेर गफ गर्न थाल्दछन् । यो कुरा पुरुषलाई मन पर्दैन।

६) प्रायः पुरुषहरु बिना झोला फ्रि भएर हिड्न चाहान्छन्। यस्तोमा महिलाको झोला बोक्ने बानी पुरुषलाई मन पर्दैन।

७) महिलाहरु सरसफाइमा ध्यान दिन्छन् यो राम्रो कुरा हो। तर सरसफाइका कामका बहानामा ओच्छ्यान बिग्रन्छ त्यसमा नबस्नु, भुइमा कागज किन राखेको लगायतका ससाना कुरामा कराएको उनीहरुलाई मन पर्दैन।

More News last news
Loading...