यो साता चम्किदैछ यी ७ राशिको भाग्य, हेर्नुहोस् असार १३ देखि १९ गतेसम्मको साप्ताहिक राशिफल

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। यो हप्ता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् असार १३ गतेदेखि १९ सम्मको साप्ताहिक राशिफल)

मेषः राजनीति एवम् सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठुलाबडाले साथ दिने एवमकाम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवम भोजनको सुख मिल्नेछ । शिरदर्द एवम नाक,कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवम धार्मिक रुचिको योग बन्नेछ ।

Advertisement

वृषः पुराना, अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पुरा हुनेछ । धर्म कर्ममा रुचि एवम सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवम व्यवसायमा नयाँ प्रणालीबाट काम सुरु हुनेछ ।

आम्दानीको श्रोत खुल्ने एवम साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा, घुँडाको समस्या एवम आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ ।

मिथुनः स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवम अपजसको सामाना गर्नु पर्नेछ । जीवन साथीसँगको सम्बन्ध बिग्रिने एवम प्रेममा धोका हुन सक्नेछ ।

खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने काममा प्रगति मिल्ने एवम भाग्यले साथ दिनेछ । साताको अन्त्यमा पदिय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवम पदोन्नतीको सम्भावना देखिन्छ ।

कर्कटः मनोरञ्जनमा बढी मन जानेछ । प्रेममा प्रगति हुने एवम नयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवम वैवाहिक कुरामा प्रगति हुनेछ । साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवम अपमानको भय रहन्छ ।

विद्याध्ययनमा भने कमजोर योग देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवम सामाजिक एवम परोपकार काममा रुचि बढ्नेछ ।

सिंहः स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम उपलब्धि मुलक काममा खर्च हुनेछ । वादविवाद एवम प्रतिस्पर्धामा जीत हासिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ ।

साताको मध्यमा भने खानपिनको मज्जा मिल्ने एवम प्रियजनसँग रमाइलो हुनेछ व्यापार क्षेत्र एवम खाद्यान्न क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने, काम बिग्रिने एवम स्वास्थ्यमा समस्या आउनेछ ।

कन्याः विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवम मातापितासँग सम्बन्ध बिग्रिनेछ ।

साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो हुने एवम साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवम नयाँ दोस्ती सुरुवात हुनेछ ।

तुलाः साताको सुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवम चिसोको बाधा रहनेछ । साताको मध्यमा भने सन्तानबाट खुशीको खबर मिल्नेछ ।

व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवन साथीसँग भने सामान्य विवाद बढ्ने एवम पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि भने बढ्ने एवम साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार तथा काममा खुसी मिल्नेछ ।

वृश्चिकः छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवम नयाँ कामको सुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवम मित्रजनबाट सामान्य असहयोग हुनेछ ।

स्वास्थ्यमा बाधा एवम पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवम वैदेशिको फाइदा मिल्नेछ । बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवम आर्थिक हिसाब किताबमा सामान्य विवाद रहनेछ ।

धनुः मिठो भोजन एवम सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ती हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवम कामको बोझ थपिनेछ ।

जीवन साथीको स्वास्थ्यमा समस्या एवम यात्रामा कठिनाइ हुनेछ । साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवम शंकाले बाधा गर्नेछ ।

मकरः हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँकाममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवम धनको हानि हुनेछ । प्रेममा प्रगति मिल्ने एवम जीवन साथीको सहयोगले अधुरा काम पुरा हुनेछन् । सामान्य चोटपटकको भय एवम सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।

कुम्भः खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवम सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानीहुनेछ ।

दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने मनोरन्जनको योग रहेको छ ।

मीनः व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवम आर्थिक लाभ हुनेछ । तरल पदार्थ, खाद्यान्नव्य वसाय एवम जडिबुटीको कारोबारमा आम्दानी हुनेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम अरुले धनको आश गर्नेछन् ।

लेनदेनमा विवाद आउनेछ । जग्गा जमिन एवम पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ। रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम मनोरञ्जनमा खर्च बढ्नेछ।

More News last news
Loading...