सङ्खुवासभा । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै भएको लकडाउनले धेरैको जीवन प्रभावित बनिरहेको छ।
लकडाउनमा सङ्खुवासभाको खाँदबारी नगरपालिकाका सन्तोष श्रेष्ठले विवाह गरे । तर विवाहमा न कुनै जन्ति थिए न कुनै तामझाम ।
उनले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग परिवारकै सदस्यबीच विवाह गरे । तर विवाह गर्न पनि एक्दै पुगे । लकडाउनमा न त उनले गाडी लगे न त जन्ती ।
आफूलेसँग भएको बाइक लिएर उनी बेहुलीको घर पुगे । विवाह सकिएपनि आफ्नै बाइकमा पछाडी बसाएर बेहुलीलाई आफ्नो घर भित्र्याए। धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्।
बेहुला सन्तोषले धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्। विवाहमा अन्य कुनै तडकभडक देखिएन।
कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। लकडाउनको पूर्ण पालना गर्दै उनले विवाह निकै सामान्य तरिकाले गरेको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
