बेलायतमा भेटियो अर्को भाइरस, कस्तो हुन्छ र यो कति खतरनाक छ ?

काठमाडौँ । यतिबेला संसार कोरोना भाइरसको संक्रमणले आक्रान्त भनिरहेका बेला बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ। भाइरसको नाम हो मंकीपक्स। बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको छ।

अधिकारीका अनुसार सर्वसाधारणमा यसको जोखिमको खतरा कम छ। स्वास्थ्य अधिकारीले यो भाइरस विदेशबाट बेलायत भित्रिएको पनि दाबी गरेका छन्।

Advertisement

बेलायतको न्यूज वेबसाइट द वीकको रिपोर्ट अनुसार पब्लिक हेल्थ वेल्सले दुबैजना बेलायत बाहिरबाट संक्रमित भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि, यसबारे जानकारी प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ।

के हो मंकीपक्स ?

डब्ल्यूएचओ अनुसार मंकीपक्स जनावरबाट मानिसमा फैलने एक संक्रामक रोग हो। यो रोग धेरैजसो मध्य र पश्चिमी अफ्रिकी देशमा फैलन्छ र यहाँबाटै अन्य भागमा पनि फैलिएको पाइएको छ।

यो रोग संक्रमित जनावरसँग सिधा सम्पर्कमा आएपछि फैलन सक्छ। यो रोग लाग्दा बिफरको जस्तै लक्षण देखिन्छ। यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, कम्मर दुख्ने, मांसपेशी दुख्ने र कमजोरी हुनेलगायतका लक्षण देखिन्छन्।

कसरी थाहा पाउने कि तपाईं संक्रमित हुनुहुन्छ ?

यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार पहिलो पाँच दिनमा शरीरमा बिमिरा आउन थाल्छ। सुरुवातमा यो बिमिरा अनुहारमा आउँछन् र त्यसपछि बिस्तारै पूरा शरीरमा फैलन्छ। त्यसपछि यो बिमिरा रातो रङको हुने गर्दछ । अन्त्यमा यो बिमिरामा पाप्रा लाग्ने गर्छन्।

कति खतरनाक हो यो रोग ?

डब्ल्यूएचओका अनुसार यो रोगमा मृत्युदर ११ प्रतिशतसम्म पुग्नसक्छ। यद्यपि, राम्रो कुरा यो हो कि यो बिमिराबाट बचाउने भ्याक्सिन भ्याक्सिनिया मंकीपक्सविरुद्ध पनि असरदार छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार बिमिराविरुद्ध तयार भएको सिडोफोवीर, एसटी-२४६ र भ्याक्सिनिया डम्यूनि ग्लोबुलिन (भीआइजी) मंकीपक्समा पनि असरदार छ।

सन् १९७० मा फैलिएको थियो यो रोगः

मंकीपक्स भाइरसको पहिचान सबैभन्दा पहिला सन् १९७० मा अफ्रिकी देश कंगोमा भएको थियो। त्यसपछि सन् २००३ मा यो रोग अमेरिकासमेत संसारभरीका थुप्रै देशमा फैलिएको थियो।

More News last news
Loading...